चारकिलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द



चितवन । नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।

अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।

 

सम्बन्धित समाचार