बेलायतले हङकङ चीनलाई पुनः हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको छ । चिनियाँ राष्ट्रपति सी जीन पिङ हङकङ पुग्नुभएको छ । सन् २०२० मा कोरोना भाइरसको महामारी फैलिएपछि चीन बाहिर यो उहाँको पहिलो यात्रा हो । उहाँ तीव्र गतिको रेलमार्फत हङकङ पुग्नुभएको हो । सीलाई हङकङका निवर्तमान प्रमुख कार्यकारी अधिकारी क्यारी लामले स्वागत गर्नुभएको छ ।
यो अवसरमा चिनियाँ राष्ट्रपति सी जीन पिङले शेन्जेन सहरको भ्रमण समेत गर्नुभएको छ । आज सार्वजनिक बिदा दिइएको छ भने सहरभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको बीबीसीले जनाएको छ ।
वर्षगाँठ विशेष समारोहमा त्यहाँ विरोध प्रदर्शन हुने गर्थ्यो तर सन् २०२० मा सुरक्षा कानुन लागू भएदेखि असहमति जनाउने प्रदर्शनकारीहरू मौन छन् । हङकङ सन् १९९७ मा ९९ वर्षपछि बेलायतले चीनलाई फिर्ता गरेको थियो ।
प्रतिक्रिया