सर्लाहीमा हतियारसहित व्यापारी पक्राउ



सर्लाही । हरिवन नगरपालिका–११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ।

मंगलबार पेस्तोल र गोलीसहित हरिवन–११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ।

दासले हरिवन बजारमा सञ्चालन गरेको किराना पसलमा लुकाएर राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक प्रविण पोखरेलले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

सम्बन्धित समाचार