मृत भेटिए स्कुलको छतमा सुतेका युवा



कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। भीमदत्त नगरपालिका वडा नम्बर ६ एैठपुरमा रहेको गोल्डेन विरज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन्। धामी वडा नम्बर ७ स्थित हल्दुखालका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहीले धामी मृत फेला परेको बताए।

उनीसँगै सुतेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सँगै सुतेका उनले साथीको मृत्यु भएको भन्दै प्रहरीमा खबर गरेका थिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। मंगलबार बेलुकी लागुऔषध र मापसे गरेर उनीहरू स्कुलकै छतमा सुतेका थिए।

सँगै गएका केही साथीहरू फर्के पनि दुई जना भने स्कुलको छतमै सुतेका थिए।

सम्बन्धित समाचार