काठमाडौं । प्रहरीको महानिरीक्षक (आईजीपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ।
सर्वोच्च अदालतमा दायर भएको रिटको बहस सकिए आजै फैसला आउन सक्नेछ।
आज जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ।
एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
प्रतिक्रिया