पहिचानविपरीत प्रदेश १ को नामकरण गरे आन्दोलन हुन्छ : जनजाति महासंघ



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश नम्बर १ को नामकरण भए सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिचानको मूल भावना सम्बोधन नगरी प्रदेशको नामकरण भए देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो।

प्रदेश १ को नामकरणको अन्तिम टुंगोमा लाउने तयारी भइरहँदा फेरि पनि प्रदेशको ऐतिहासिक थातथलो, भाषा, संस्कृति र सभ्यताको पहिचान हुने गरी हुनुपर्नेमा त्यसविपरीत विभिन्न षड्यन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख छ।

पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने उनीहरूको माग छ। ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी पहिचानविपरित प्रदेश १ को नामकरण गर्ने दुष्प्रयास भए त्यसविरुद्ध सशक्त आन्दोलन गर्नेछौँ,’ महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले​ विगतदेखि नै प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गर्दै आएको छ।

सम्बन्धित समाचार