तल्लो अरुण प्रभावितलाई मुआब्जा र सेयर उपलब्ध गराउन गाउँपालिकाको माग



भोजपुर र संखुवासभाको बिचमा रहेको अरुण नदीमा निर्माण हुने छ सय ७९ तल्लो अरुण जलविद्युत आयोजनाबाट भोजपुरको टेम्केमैयुङ गाउँपालिका पनि प्रभावित हुने भन्दै पालिकाले पाउने सुबिधा उपलब्ध गराउनु पर्ने माग गाउँपालिकाले गरेको छ ।

आयोजनाले गाउँपालिकाको भुभागमा टावर र ट्रान्समिसन लाइनले प्रभावित पार्ने भन्दै गाउँपापलिकाले तीन बुँदे माग समेत गरेको छ । सो माग पत्र भोजपुरका प्रमुख जिल्ला अधिकार िबासु प्रसाद कोइरालालाई गाउँपापालिका अध्यक्ष सरोज बस्नेतले बुझाएका छन ।

अध्यक्षले बुझाएको सुबिधा उपलब्ध गराई पाउ भन्ने माग पत्रमा गाउँपालिकाका प्रत्येक घरधुरीलाई न्युनतम २ हजार कित्ता शेयर दिनु पर्ने, ट्रान्समिसन टावर रहने ठाउँको उक्त परियोजनाले प्रभाव पार्ने क्षेत्रको घर जग्गाको उचित मुआब्जा उपलब्ध गराउनु पर्ने र ट्रान्समिसन लाइन मुनी पर्ने घर तथा चौडा जग्गा प्रभावित ४६ मिटर तोकिएकोमा ८० मिटरसम्म प्रभावित क्षेत्र कायम गरी उचित मुआब्जा उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।

नेपाल सरकारले तोकेको १ सय गन्चब्य सुची मध्ये यस पालिकामा अवस्थित मुन्दुम पदमार्ग साथै अन्य पर्यटकिय क्षेत्रहरुलाई समेत प्रत्यक्ष प्रभाव पारेकोको साथै खेती योग्य उर्वर भुमी साथै मध्यपहाडी राजमार्ग आसपासका जग्गाहरु प्रभावित हुने भएकाले अन्य पालिकाहरु भन्दा टेम्केमैयुङ गाउँपालिकाले मुआब्जा माग गर्न उचित रहेको अध्यक्ष बस्नेतले प्रजिअलाई बुझाएको माग पत्रमा उल्लेख गरिएको छ ।

 

 

सम्बन्धित समाचार