पोखरीमा डुबेर २ बालिकाको ज्यान गयो



सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ५ मा आज मङ्गलवार पोखरीमा डुबेर एकै गाउँका दुई बालिकाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा कञ्चनरुप ५ बस्ने सुकदेव सदाका १३ वर्षीया छोरी रजनी र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सातरआठ जना बालिका मिलेर त्यही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए ।

नुहाउने क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएका छन् । सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा ज्यान गएको हो भने रजनीको कञ्चनपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार