सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको ज्यान गयो



सप्तरी । सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको ज्यान गएको छ ।

नुहाउने क्रममा हिजो पोखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ की १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाको ज्यान गएको हो ।

सातरआठ जना बालिकाहरू स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएको बेला रजनी र सेन्द्री पानीमा डुबेका स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा र रजनीको कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको थियो।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित समाचार