सुराकीको बदनियतले निर्दोष व्यक्ति १२ दिनदेखि थुनामा



काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स टोलीलाई २३ असारमा एउटा सूचना आयो, ‘काठमाडौं महानगरपालिका–७, चाबहिलको एक खाजा घर अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनि कस्तुरीको विना छ ।’ संरक्षित कस्तुरीको विनाको किनबेच हुन लागेको सूचना पाएपछि रानीपोखरीको टोली चाबहिल पुग्यो ।

‘मोटरसाइकलमा गएर हेर्दा सिटमुनि रातो कपडाले बेरेको अवस्थामा कस्तुरीको विना जस्तो वस्तु फेला पर्‍यो’ उपत्यका प्रहरीका प्रवक्ता एसपी सन्तोष सिंह राठौर भन्छन्, ‘त्यसपछि प्रहरीले मोटरसाइकल धनी शिव लिम्बुलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।’

तर घटनामा ट्विस्ट त्यतिबेला आयो, जब लिम्बुका आफन्तले होटलको क्लोज सर्किट (सीसी) टिभीको फुटेज हेरे । हिरासतमा भेट्न जानेहरुसँग लिम्बुले आफूलाई ‘कस्तुरीको विना’ भन्ने चिजै थाहा नभएको र फसाउन खोजिएको बताए । त्यसपछि परिवारका सदस्यहरुले होटलमा गएर सञ्चालकहरुसँग कुरा गरेका थिए, वरिपरिका सीसी टीभी फुटेज हेरेका थिए ।

सम्बन्धित समाचार