भोजपुरमा सुरू भयो तीस दिने नेपाल भाषा प्रशिक्षण



आफ्नो भाषा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ भोजपुर सदरमुकाममा तीस दिने नेपाल भाषा प्रशिक्षण सुरू भएको छ ।
नेवाःमिसा दबु भोजपुरको आयोजन तथा भोजपुर नगरपालिकाको सहयोगमा सुरू प्रशिक्षणको नगर प्रमुख कैलास कुमार आलेले उद्घाटन गरेका छन् ।

धर्म, संस्कृति र परम्परा कायम राख्न भाषा पनि जान्नु जरूरी रहेकाले जिल्लामा पनि प्रशिक्षण सुरू गरेको आयोजक नेवाः मिसा दबु भोजपुर अध्यक्ष अवनी शाक्यले बताइन् ।

सहभागीहरूलाई नेपाल भाषाका जानकार अमृका ताम्राकार, भरतकुमार ताम्राकार, प्रेम शाक्य लगायतले प्रशिक्षण दिनेछन् ।

३० दिने प्रशिक्षणले नेपाल भाषाको संरक्षणमा थप मद्यत पुग्ने नेवाः मिस दबु प्रदेस समिति सदस्य सम्झना प्रधानको भनाई छ । प्रशिक्षणमा ५० जनाको सहभागिता रहने छ ।

 

सम्बन्धित समाचार