दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु



सुर्खेत । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका ३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।

कर्णाली कोटाछाल दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

‘सोमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाको मृत्यु भएको पुष्टि भएछ,’ उनले भने ।

 

सम्बन्धित समाचार