काठमाडौंमा हनी ट्रयापमा पार्ने गिरोह समातियो



काठमाडौं । काठमाडौं उपत्यकामा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याएको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरुालाका अनुसार उनीहरुले बस्नेतमार्फत एक व्यवसायीलाई धम्की दिएर पैसा मागेका थिए ।

पीडितको परिवार, आफन्त र साथीभाइलाई पनि सामाजिक सञ्जालमार्फत साथी बनाएर प्रहरी कहाँ निवेदन दिएको भन्दै उनीहरुले ठगी गर्ने कोशिश गरेको कोइराला बताउँछन् ।

पक्राउ परेका तीनै जनामाथि आपराधिक विश्वासघातको कसूर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार