रुसद्वारा ४५ युक्रेनी सैनिकको शव फिर्ता



युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ। आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुन स् एकीकरण मन्त्रालयले जनाएको छ।

रुस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ।

गत साता कोटेन्कोले रुससँगको चार महिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रेनी सैनिक बेपत्ता भएका बताएका थिए।

सम्बन्धित समाचार