मोरङको बुढिगंगामा भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु



विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित गंगाचोकमा आज बिहान भारतीय ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको ट्रकले सोही दिसातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई बिहान करिब ६ः४५ बजे ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा सवार मोरङको केरावारी गाउँपालिका–७ का करिब २७ बर्षीय हर्क परियार र पछाडि सवार २१ बर्षीय भीमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार