ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका बलबहादुर साँवा लिम्बूले कुटपिट गर्दा श्रीमती कान्छीमाया लिम्बूको मृत्यु भएको छ।
घरायसी विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुरले कुटपिट गर्दा ५४ वर्षीया कान्छीमायाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कुटपिटको क्रममा घटनास्थलमै उनको मृत्यु भएको हो ।
खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ। शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ।
शव परीक्षणपछि थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ। शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । बलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया