संखुवासभाको तुम्लिङटारमा स्करपियोले ठक्कर दिँदा तीन बर्षिया बालिकाको मृत्यू



संखुवासभा । जिल्लाको तुम्लिङटारमा स्करपियोले ठक्कर दिँदा तीन बर्षिया बालिकाकोे ज्यान गएको छ । शनिबार ११ः१५ बजे भएको दुर्घटनामा परि उनको ज्यान गएको हो ।

खाँदबारी–९ तुम्लिङटार ट्राफिक चोक नजिकै बा २० च ९५०२ नम्बरको महेन्द्र स्कारिपियोले पैदल यात्री भोजपुरको षडानन्द–५ की भुमिका विष्टको छोरी वर्ष ३ की मनिषा विष्टलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

दुर्घटनामा परि घाइते भएकी बालिकाको उपचार क्रममा मनकामना अस्पतालमा आधाघण्टापछि ज्यान गएको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए । टाउको तथा वायाँ हातमा चोट लागि गम्भिर घाइते भएकी उनको मृत्यू भएको हो । उक्त सवारी चालक गोविन्द श्रेष्ठ र गाडी प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

सम्बन्धित समाचार