नेपाल निजामती कर्मचारी संगठन संखुवासभाले विरामीलाई बाँड्यो फलफुल



संखुवासभा । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती संखुवासभाले जिल्ला अस्पताल संखुवासभामा फलफुल वितरण गरेको छ । नेपाल निजामती कर्मचारी संगठन संखुवासभाले शनिबार जिल्ला अस्पतालमा भर्ना भएका विरामीलाई फलफुल वितरण गरेको छ ।

जिल्ला समन्वय समिती संखुवासभाका प्रमुख तथा अस्पताल विकास समितीका अध्यक्ष सुमन शाक्यको उपस्थितमा जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती संखुवासभाका कार्यवाहक अध्यक्ष सुसिल पोख्रेलले जानकारी दिए । नेपाल निजामती कर्मचारी संगठनले शहिद मनोज जोशी र झपेन्द्र कार्कीको फोटोमा माल्याअर्पण गर्दे श्रद्धान्जली कार्यक्रममा समेत गरेको छ ।

फलफुल वितरण कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य बुद्धि बहादुर घिमिरे, प्रदेश सदस्य दुर्गा थापा मगर, बेन्जना गुरुङ, जिल्ला सचिव राजेन्द्र कार्की लगायत जिल्ला कार्यसमितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार