किमाथाङका : तीन बर्षदेखि नाका बन्द हुँदा भोटखोलावासीलाई सास्ती



खाँदबारी । भोटखोला र तीन बर्षदेखि चीनसँग जोडिएको संखुवासभको भोटखोला गाउँपालिकामा पर्ने किमाथाङ्का नाका बन्द हुदा नाका वरपर बस्ने नेपाली नागरिक प्रभावित भएका छन् ।

संखुवासभाको भोटखोलास्थित किमाथाङ्का नाका कोरोनाको कारण देखाउदैं चीनले तीन बर्ष अघि बन्द गरे पछि भोटखोलावासीको दैनिकी असहज बनेको छ ।

भेटखोलाबाट किनमेल गर्ने नेपाली बजार आउन पाँच दिन लाग्छ । बर्षायाममा गाडी पनि चल्दैंन् । उनीहरुलाई जिल्ला सदरमुकाम खाँदबारी आउन असजिलो छ । नाका बनद नहुँदा भोटखोलावासी चीनको चाङ्गा नादाङ, डेन्धङ बजारबाट दैनिक उपभोग्य बस्तु किनमेल गदैं आएका थिए । तर नाका बन्द गरि आवजजावत नै बन्द भए पछि भोटखोलावासी महगो भाडा तिरेर खाँदवारीबाट उपभोग्यबस्तु आयत गदैं आएको भोटखोला गाउँपालिका–२ रिदाकका स्थानीय छेवाङ भोटे बताउनु हुन्छ ।

उहाँका अनुसार तीन बर्ष अघि गाउँमा उत्पादन हुने कोदो, गहुँ, मकै, फापरलगायतका अन्न चीनको बजारमा लगेर विक्रि गरि आफुलाई आवश्यक अन्य सामान खरिद गरेर ल्याउने गरेका थिए । तर अहिले नाका बन्द हँुदा उनीहरुले उत्पादन गरेका बस्तु बेच्न पाएका छैनन् । कृषकहरुले चीनबाट युरिया मलसमेत आयत गदैं आएका थिए । तर नाका ठप्प भए पछि मलसमेत पाएका छैनन् । मल अभावले कतिपय कृषकको बारी बाझै रहेको भोटेले बताउनु भयो ।

नाका बन्दका कारण यहाँका अधिकाशं घर परिवारहरु जिल्ला सदरमुकाम खाँदवारी, काठमाडौं, दार्जेलिङलगायत स्थानमा बसाई सर्ने क्रम बढेको स्थानीयले बताएका छन् । चीनको नाकासँग जोडिएका किमाथाङ्का, छुमसुर, रिदाक र थुदाम गाउँ बढि प्रभावित भएका छन् ।

। चीनसँगको नाका लामो समयदेखि बन्द हुँदा यहाँको जनजीवन कष्टकर भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर लामाले बताउनु भएको छ । चीनबाट लत्ताकपडा, नुन, तेललगायतका दैनिक उपभोग्यबस्तु नेपालीले ल्याउने गरेका थिए । नेपालबाट आलु, मकै, कोदो, फापरलगायतका बसतु चीनमा लगेर विक्रि गरिदैं आएको थियो । नाका चीनले नखोले पछि यहाँको उत्पादन भोटखोलावासीले बेच्ने बजार पाएका छैनन् । अत्यावश्यक सामाग्री पाँच दिन लगाएर जिल्ला सदरमुकाम खाँदबारीबाट आयत गदैं आएको गाउँपालिका अध्यक्ष लामाले बताउनु भयो । अध्यक्ष लामाका अनुसार नाका खाुलाउन दुवै देशका अधिकारीहरुलाई स्थानीय सरकारको तर्फबाट जानकारी गराए पछि सुनुवाई भएको छैन् । ‘उहाँका जनताको विजोक छ । नेपालको सुविधा यहाँसम्म आइपुग्न धेरै समय लाग्छ । नाका खुल्ला हुदा चाइनिज बजारमा निर्भर थिए । नाका बन्द भए पछि आयत निर्यात ठप्प छ ।’ अध्यक्ष लामाले भन्नु भयो ‘यहाँको दुख कुरागरि साध्य छैन् । केन्द्र सरकारको चाढै ध्यानाकर्षण होस् ।’

चीनका चाङ्गा नादाङ, डेन्धङ बजारमा अक्सिजनको मात्रा कम भएको र कोरोनालगायतका महामारी फैलिदा आफ्ना नागरिक जोखिममा पर्ने भयले चीनले सरकारले नाका खोल्न चासो नदिएको अध्यक्ष लामाको भनाई छ ।

जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष टाढा उत्तरी भेग (चीनको सीमाना) मा रहेको भोटखोला गाउँपालिका हो । यस गाउँपालिका साबिकको किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला गाविसहरु २०७३ मा भोटखोला गाउँपालिका बनाइएको हो । ५ वटा वडा रहेको यस गाउँपालिकामा विशेषरुपमा भोटे, शेर्पा, तामाङ र राई जातिहरुको बाहुल्यता रहेको छ । यस गाउँपालिकाको जनसंख्या ६ हजार ५ सय ७६ रहेको छ ।

बिजयपुर खबरबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार