चिचिला बैठककाे निर्णय: छ्याङ्कुटीदेखि नुमसम्म बर्खामा पनि यातायात सहज बनाईने



खाँदबारी । उत्तर दक्षिण काेसी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्कादेखि नुमसम्मकाे सडक मर्मत गरि बर्खाकाे समयमा पनि यातायात सहज बनाईने भएकाे भएकाे छ । आईतबार चिचिलामा बसेकाे सराेकारवालाहरुकाे बैठकले तत्काल सडक मर्मत गरि यातायात सहज बनाउने निर्णय गरेकाे हाे ।

चिचिला गाउँपालिकाकाे आयाेजनामा आयाेजित बैठकले साेमबार बाट नै सडक मर्मत कार्य सुरु गर्ने निर्णय गरेकाे छ । यस विचकाे सडकमा नाली काट्नु पर्ने, सडककाे हिलाे हटाउने र त्यस माथी राेडा विछ्याउने निर्णय गरिएकाे हाे । साेकाे लागि अरुण तेश्राे परियाेजनाले हिलाे साेहर्ने र राेडा ओसार्ने टिपर उपलब्ध गराउने छ ।

ठकेदार कम्पनीले नाली काट्ने र अरुण तेश्राेले हिलाे साेहरेकाे ठाउँमा राेडा ल्याएर बिछ्याउनु पर्ने सहमति गरिएकाे छ । सवैभन्दा पहिलाे काम नाली काट्ने भएकाेले साेमबार विहानबाट नै याे कार्य सुरु गर्ने छलफलले निर्णय गरेकाे हाे । याे कार्य तत्काल सुरु नगरिए साना तथा चार पांग्रे सवारी साधन बाहेक ठुला मालबाहक सवारी साधन सञ्चालनमा राेक लगाईने निर्णय गरिएकाे छ ।

छलफलमा जिल्ला समन्वय समित प्रमुख सुमन शाक्य, उत्तर दक्षिण काेसी सडक आयाेजनाका प्रमुख सुविन काेईराला नेतृत्वकाे टाेली, मकालु गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पा, अरुण तेश्राे जलविद्यु परियाेजनाका पदाधिकारीहरु, ठेकेदार कम्पनीका प्रतिनिधिहरु, पत्रकारहरु र स्थानीय सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार