राजस्व कार्यालयका अधिकृत घूस रकमसहित पक्राउ



काठमाडौँ । आन्तरिक राजस्व कार्यालय लाजिम्पाटबाट कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ ३० हजार घूस रकमसहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई बुधबार कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको जनाएको छ। यसअघि मंगलबार अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई साढे २२ लाख नगदसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको थियो।

सम्बन्धित समाचार