किराँत प्रदेश नामाकरणको माग गदै संखुवासभामा आन्दोलन



संखुवासभा । किराँत प्रदेशको नामाकरण गर्न माग गदै संखुवासभामा आन्दोलन भएको छ । शुक्रबार सदरमुकाम खाँदबारीमा आदिबासी किराँत महासंघ र किराँत प्रदेश स्वायत्त संघर्ष समिति संखुवासभाले प्रदेश नम्बर १ को नाम किराँत प्रदेश राखिनु पर्ने माग गदै आन्दोलन गरेको हो ।

सदरमुकाम खाँदबारीमा प्ले कार्ड सहित नारा जुलुशमा निस्किएका किराँत समुदायले प्रदेशको नामाकरण गर्दा किराँत प्रदेश नै राखिनुपर्ने भन्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलाई ज्ञापनपत्र समेत बुझाए । उनीहरुले एक नम्बरमा किराँतीहरुको आदिमकाल देखि बसोबास रहेकाले किराँत प्रदेश नै नामाकरण हुनपर्ने स्थानीय अगुवा गणेश मेवाहाङले बताए । उनले ज्ञापनपत्र जिसस प्रमुख शाक्यलाई हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र बुझदै जिसस प्रमुख शाक्यले सात वटा प्रदेश हाम्रो १ नम्बर प्रदेश बाहेक अन्य ६ वटा प्रदेशको नामाकरण हुँदा १ नम्बर प्रदेशको नामाकरण हुन नसक्नु दुःखत भएको बताउदै चाँडै नामाकरण होस भन्ने चाहेको बताए । उनले छिटो माध्यमबाट सो ज्ञापनपत्रलाई प्रदेश सरकार र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

हिन्दु सभ्यताको धार्मिक पुस्तकहरुमा समेत किरातेश्वर महादेव र पार्वतीले समेत किराँती रुप धारण गरेको, शक्तिशाली एकलाब्य समेत किराँती नै थिए । एक नम्बर प्रदेशमा किराँतीहरुको आदिमथलो भएको र सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक, न्यायिक र साँस्कृतिक संरचनाको निर्माणकर्ता समेत किराँती नै भएकाले एक नम्बर प्रदेश नामाकरण गर्दा किराँत प्रदेश नै हुनपर्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

उक्त आन्दोलनमा गाउँ–गाउँबाट किराँत समुदायका स्थानीय अगुवाहरु खाँदबारीमा भेला भएका थिए । अहिले पहिचानको मुद्धालाई लिएर किराँत समुदायले प्रदेश राजधानी विराटनगरमा समेत पटक–पटक आन्दोलन गदै आएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..