जन्मदिनको अवसरमा विद्यालयलाई ३ लाख ५० हजार रुपैयाँ सहयोग



खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ६ का सुबोध श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

रुद्राक्ष व्यवसायी श्रेष्ठले आफु अध्ययन गरेको वाना माध्यमिक विद्यालयलाई सहयोग गरेका हुन् । शनिबार परेको जन्मदिनको अवसरमा उनले विद्यालयलाई ट्रस्ट निर्माणका लागि तीन लाख ५१ हजार १ सय ११ रुपैंया सहयोग गरेका हुन् ।

सम्बन्धित समाचार