याेगमाया आयुर्विवेद विश्वविद्यालय बन्ने भएपछि स्थानीय उत्साहित



संखुवासभा । विदुषी योगमाया आयुर्वेद विश्व विद्यालय अरुण उपत्यकामा स्थापना हुने भएसंगै स्थानीय उत्साहित भएका छन् । संखुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको ३७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिका २३३ रोपनी जग्गा खरिद प्रकया अगाडी बढि सकेको छ ।

प्रकृया अगाडी बढेकोमा खाँदबारी नगरपालिका क्षेत्रको ४८ रोपनी विश्व विद्यालयको नाममा आई सकेको पूर्वधार विकास समिति सदस्य खड्ग राईले जानकारी दिए । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुबाट आवश्यक प्रकृया अगाडी बढिसकेको छ ।

प्रतिनिधिसभाको गत साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ । विधेयेक पारि भएसंगै राष्ट्रपतिबाट प्रमाणिकरण गर्ने काम अगाडी बढेको छ । विश्व विद्यालयको लागि आवश्यक जग्गा खरिद तथा कानुनी व्यवस्थासंगै बजेट समेत सरकारले तयार गरेकोले उत्साहि भएको स्थानीय नागरिक अगुवा तारा बहादुर बुढाथोकीले बताए । आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय सञ्चालन गर्ने अभियानताहरु बताउँछन् ।

वि.स.१९२४ सालमा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि लिएकी थिइन् । उनलाई प्रथम विद्रोही नारीका रुपमा पनि चिनिन्छ । उनको वास्तविक नाम मायादेवी न्यौपाने हो ।

सम्बन्धित समाचार