मानेभञ्ज्याङ चाेरी काण्डमा संलग्न ३ जना पक्राउ, मुद्दा दर्ता गर्ने तयारी



खाँदबारी । मंगलबार विहान २ बजे मानेभञ्ज्याङकाे एक पसलमा चाेरीको प्रयास गरेकाे आराेपमा ३ जना पक्राउ परेका छन् । स्थानीय बिरेन्द्र भगत श्रेष्ठकाे पसलमा चाेरीकाे प्रयास गरेकाे आराेपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका ३ जना मध्ये सिलीचाेङ १ सिसुवाखाेलाकाे २ र सिलीचाेङ ३ ताम्कुकाे १ जना रहेकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएकाे छ । तीनै जनालाई बुधबार जिल्ला अदालत चैनपुरबाट म्याद थप गराई अनुसन्धान सुरु गरिने डिएस्पी बिरेन्द्र गाेदारले जानकारी दिनुभयाे । म्याद थप लगत्तै चाेरीमा संलग्नहरुलाई सार्वजनिक गरिने डिएस्पी गाेदारले जानकारी दिनुभयाे ।

चाेरीमा संलग्नहरुले पसलकाे मुलढाेका फुटाएर प्रवेश गरि मुख्य ढाेका फुटाउने क्रममा पसल धनिले देखेपछि हाेहल्ला गरेका थिए । साे क्रममा पसल धनि परिवारका ३ जनालाई प्रहार गरि घाईते बनाए थिए । पसल धनी र चाेरीमा संलग्नहरुकाे झडपकाे क्रममा छिमेकीहरु भेला भएपछि उनीहरु भागेका थिए । घटनापछि अनुसन्धानकाे क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

घटनामा अरु पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । पसलकाे सिसि टिभीमा भने ३ जना देखिएकाे बताईएकाे छ ।

 

सम्बन्धित समाचार