‘ठुलाे ढुङ्गा’ कसरी भयाे फे:क्मालुङ ? फे:क्मालुङ भनेकाे के हाे ?



खाँदबारी । यस अघि ठुलाे ढुङ्गा भनेर परिचित खाँदबारी नगरपालिका ४ पांमाकाे ढुङ्गालाई खाँदबारी नगरपालिकाले आकर्षक बनाएपछि त्यहाँ घुम्न जानेहरुकाे संख्या बढेकाे छ । त्यस ढुङ्गालाई थप मर्मत गरि संरचना बनाउनु अघि पनि छिटपुट मानिस पुग्ने गरेकाेमा अहिले दैनिक सय भन्दा बढि मानिसहरु पुग्ने गरेका छन् ।

याे ढुङ्गालाई यस अघिसम्म नै ठुलाे ढुङ्गा भनिन्थ्याे । तर पछिल्लो समय भने यसलाई ‘फे:क्मालुङ’ नामाकरण गरिएकाे छ । यहाँ फेक्मालुङ भनेर बाेर्ड नै राखिसकेपछि यस बारे धेरैकाे काैतुहलता मेटाउन किराँत लाेहाेरुङ समाजका केन्द्रिय अध्यक्ष चित्रबहादुर लाेहाेरुङले सञ्चारकर्मीहरु मार्फत स्पष्ट पारेका छन् ।  लाेहाेरुङले बताएकाे किम्वदन्तिकाे सार अंश यहाँ राखिएकाे छ ।

पुस्ताै‌ अघि पांमाकाे लाेहाेरुङ समुदायमा तेयुङ्पा नाम गरेकाे बिजुवा (धामी) थिए । उ बाहेक गाउँमा काेहि पनि अरु विजुवा थिएनन् । त्याे बेला अहिलेकाे जस्ताे डाक्टर थिएन, सवै धामी जैसीकाे भर पर्नु पर्थ्याे । तेयुङ्पा सय बर्ष भन्दा बढि उमेर कटिसकेकाे बृद्ध भएपनि बिरामीहरुकाे झारफुक गर्नु पर्ने बाध्यता थियाे । अशक्त अवस्थामा पुगेकाे तेयुङ्पा  याे कामबाट आजित भईसकेका थिए ।

एक दिन उनले छाेराछाेरीलाई भने, ‘यै ठाउँमा बसिरहे मानिसहरुले दुख दिन छाेड्दैनन् । त्यसैले उ माथीकाे रमिते भिरकाे ओराढमा पुराईदेउ, शान्तसँग बस्छु । तर फर्किदा मलाई नहेरि, म तिर नफर्की सरासर घर पुग्नु ।’ म तिर हेरे गाउँमा अरु धामी निस्किने र आफुले जस्तै दुख पाउने बताएका थिए । 

यहि तेयुङ्पाकाे जेठी छाेरी थिई फेक्मा । बुवाकाे माग अनुसार छाेराछाेरीले बुवालाई रमिते भिरकाे ओढारमा पुर्याएर फर्किने क्रममा जेठी छाेरी फेक्माले याे ठुलाे ढुङ्गामा चढेर ओढारमा छाेडेकाे बुवालाई हेरेका थिए रे । त्यस दिनदेखि लाेहाेरुङ जातीमा प्रसस्तै धामी झाक्रीकाे उत्पति हुँदै आएकाे मानिन्छ ।

ओढारमा छाेडेकाे बुवालाई फेक्माले ठुलाे ढुङ्गामा चढेर हेरपछि त्याे ढुङ्गाकाे नाम ‘फे:क्मालुङ’ नामाकरण गरिएकाे हाे । लाेहाेरुङ भाषाबाट ढुङ्गालाई लुङ भनिन्छ । गाउँघरमा त पहिले पनि फेक्मालुङ नै भनिन्थ्याे । अरु बाहिरका मानिसहरुले ठुलाे ढुङ्गा भनेकाेले सवैकाे मुखमा त्यहि झुण्डिएकाे थियाे । अहिले फेक्मालुङ भनेर बाेर्ड राखिसकेपछि पुरानै नाम बाेलाउन थालिएकाे छ । त्यहि किम्वदन्ति अनुसार रमिते भिर तिर हेरिरहेकाे फेक्माकाे शालिक बनाईएकाे हाे ।

 

सम्बन्धित समाचार