मानेभञ्ज्याङ चाेरीमा संलग्न ३ जना प्रहरीद्वारा सार्वजनिक (भिडियाे सहित)



खाँदबारी । भदाै १४ गते खाँदबारी ३ मानेभञ्ज्याङमा चाेरीकाे प्रयास गर्ने ३ जना प्रहरीले सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय खाँदबारीले पत्रकार सम्मेलन गरि ३ जनालाई सार्वजनिक गरेकाे हाे ।

चाेरीमा संलग्नहरु सिलिचाेङ गाउँपालिका १ का बर्ष ४२ का नन्दुराज राई, साेहि गाउँका दिपक भन्ने बर्ष ३४ का जगत राई र सिलिचाेङ ३ का बर्ष २३ का अंकित राईलाई प्रहरीले सार्वजनिक गरेकाे हाे । उनीहरुकाे साथबाट बरामद गरिएकाे रड, खुकुरी, फलाम काट्ने कैची, कपडाकाे नकाव, पञ्जा लगायतका सामग्रीहरु पनि सार्वजनिक गरेकाे छ ।

स्थानीय धराने साहु भनिने बिरेन्द्र भगत श्रेष्ठकाे पसलबाट पैसा चाेर्ने उदेश्यले पसल घर भित्र प्रवेश गरेकाे खुल्न आएकाे डिएस्पी बिरेन्द्र गाेदारले जानकारी दिनुभयाे । उनीहरुलाई जिल्ला अदालतबाट डाका चाेरी तथा ज्यान मार्ने उद्याेगमा म्याद थप गराई थप अनुसन्धान भईरहेकाे डिएस्पी गाेदारले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार