संखुवासभाको खाँदबारीमा ब्लड बैंकको उद्घाटन



पूर्वी पहाडी जिल्ला संखुवासभामा लामो संघर्षपछि सदरमुकाम खाँदबारीमा ब्लड बैंक (रक्त संचार केन्द्र)को स्थापना भएको छ ।

आइतबार नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवशको अवसरमा नेपाल रेडक्रस सोसाइटी सिर्जनशील रक्तसंचार सेवाको उद्घाटन गरिएको हो । एक समारोह बिच प्रतिनिधीसभाका साँसद राजेन्द्र गौतम र जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी संखुवासभाका सभापति सरोज बज्राचार्यले रक्त संचार सेवाको शुरुआत गर्ने श्रृजनशिल सामुदायिक बिकास केन्द्र, अरुण तेश्रो परियोजना र राष्ट्रिय बाणिज्य बैंक केन्द्रिय कार्यालयलाई लगायत सबै पक्षलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभाका साँसद माननिय राजेन्द्र गौतमले ब्लड बैंक स्थापनाले रगतको अभावमा अकालमा ज्यान गुमाउन बाध्य धेरैको ज्यान जोगाउन सकिने अपेक्षा राख्दै यसको दिगोपना र ब्यवस्थित संचालनमा सकेको सहयोग जुटाउन भुमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे ।

त्यसैगरि जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले रेडक्रस सोसाइटी र सिर्जनशील सामुदायिक सेवा केन्द्रको संयुक्त पहलमा जिल्लामा ब्लड बैंक स्थापना भएको भन्र्दै खुशी ब्यक्त गरे । उनले जिल्लामा ब्लड बैंकको असाध्यै आवश्यता महसुस गरेको बताउर्दै ग्रामीण क्षेत्रका आमादिदि, बैनीहरु सबैलाई सहज भएको बताए ।
संखुवासभका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले ब्यड बैंकको शुरुआति दिनमा भुमिका निर्वाह गर्दै स्थापनाको चरण सम्म ल्याई पु(याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सिर्जनशिल सामुदायिक बिकास केन्द्रलाई धन्यबाद ज्ञापन गरे ।

सिर्जनशील सामुदायिक बिकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेतले ब्यड बैंकको स्थापनामा सहयोग गर्नुहुने सबैप्रति अभार र ध्यन्यबाद प्रकट गर्दै यसबाट रक्त संचार सेवा संचालनका लागि सबैको सहयोग रहनुपर्नेमा जोड दिईन् ।

नेपाली काँग्रेसका कार्यबाहक जिल्ला सभापति अनन्तकुमार गौलीले ब्लड बैंकले जिल्लाका सबै पालिकाका बिरामीहरुलाई सहयोग पुग्ने भएकाले यसको संचालन र ब्यवस्थापनमा सबै पालिकाले सकेको सहयोग गर्नूपर्नै बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका उपाध्यक्ष कृष्णराज शाक्यले ब्लड बैंक स्थापना हुनुले हाम्रो जस्तो दुर्गम जिल्लाबासीले रगत अभावकै कारण लाखौं खर्च गरि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बिश्वास ब्यक्त गर्दै शुरुआति चरणमा ब्लड बैंकको अभियान्ता सिर्जनशिल सामुदायिक बिकास केन्द्रलाई धन्यबाद प्रकट गरे ।

सिर्जनशील सामुदायिक विकास केन्द्रको पहलमा ब्लड बैंक स्थापनाका लागि विभिन्न दाताहरुबाट संकलन भएको रकम २५ लाख ६० हजार ९५९ रुपैया, अरुण तेस्रो जलविद्युत्त परियोजनाले २८ लाख ६१ हजार ३८ रुपैया बराबरको दुई थान मेशिन र राष्ट्रिय वाणिज्य बैंकले १४ लाख ७० हजार २ सय रुपैया बराबरको मेशिन उपलब्ध गराएपछि ब्लड बैंक स्थापना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा संखुवासभाका सभापति सरोज बज्राचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रम मन्त्री ऋषीप्रसाद चापागाईंले संचालन गरेका थिए ।

सम्बन्धित समाचार