स्वास्थ्य सेवा प्रवाह र कार्य सम्पादनमा सिलिचोङ प्रथम



खाँदबारी । सिलिचोङ गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा संखुवासभा जिल्लाको सर्वोत्कृष्ठ भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा संखुवासभाको दश पालिका मध्ये सिलिचोङ गाउँपालिका प्रथम भएको हो ।

सेवा प्रबाह, स्वास्थ्य उपकरण, भौतिक पुर्वाधार लगायतको ब्यवस्थापन लगायतका सुचाकाङ्कहरुको आधारमा सिलिचोङ प्रथम बनेको हो । यस आर्थिक बर्षमा ७४.५७ प्रतिशत अंक प्राप्त गरेको हो । उत्कृष्ठ बनेको सिलिचोङलाई खाँदबारीमा आयोजित एक कार्यक्रममा प्रसंसा पत्र प्रदान गरिएको छ । प्रशंसा पत्र स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङलाई हस्तान्तरण गरिएको थियो ।

गाउँपालिकाका नागरिकहरुलाई दिईने सेवा प्रबाह, कार्य सम्पादन लगायतको विषयमा सिलिचोङ प्रथम हुनुमा सरोकारवाला सवैको सहयोग रहेको स्वास्थ्य शाखा प्रमुख कुलुङको भनाई छ । महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधीहरु लगायत सवैको सहयोगले यो उपललिब्ध प्राप्त भएको कुलुङले बताए । गत आर्थिक बर्षमा पनि सिलिचोङ नै प्रथम भएका थिए ।

सम्बन्धित समाचार