संखुवासभामा चार्डपर्व लक्षित बजार अनुगमन सुरु



खाँदबारी । विभिन्न चार्डपर्वहरु नजिकिदै जादा सङ्खुवासभाका पसल तथा ब्यापार ब्यावसायहरुको अनुगमन सुरु गरिएको छ । जिल्लाको सरोकारवालाहरुले मुख्य बजारहरुको अनुगमन सुरु गरेको हो ।

जिल्ला प्रसासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, उद्योग बाणिज्य संघ लगायतका कार्यालयहरुले जिल्लाको विभिन्न क्षेत्रका बजारहरु अनुगमन गर्न थालेका हुन् । सरोकारवाला निकायहरुले हालसम्म मानेभञ्ज्याङ, तुम्लिङटार र खाँदबारीका केहि बजार तथा पसलहरुमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमकुमार कुलुङले जानकारी दिनुभयो । यस पछि खाँदबारी बजारको बाँकी भाग, चैनपुर, मादी, चिचिला बजार, नुम, बाह्रविसे लगायतका बजार क्षेत्रमा अनुगमन गरिने कुलुङले जानकारी दिनुभयो ।

चार्डपर्वको समयमा अन्यको तुलनामा खरिद विक्रि बढि हुने र त्यहि क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामग्रीहरु खरिद विक्रि हुने सम्भावना भएकोले त्यसको निगरानीको लागि अनुगमन सुरु गरिएको जिल्ला प्रसासन कार्यालयका सुचना अधिकारी बिमल पौडेलले जानकारी दिनुभयो । बस्तुहरुको अस्वभाविक मुल्य बृद्धि, कालो बजारी जस्ता गतिविधी रोक्नका लागि समेत बजार अनुगमन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अन्य समयमा पनि बजार अनुगमन हुने गरेको भए पनि चार्ड पर्वको बेला कडाईका साथ अनुगमन गर्न सुरु गरिएको पौडेलले जानकारी दिनुभयो । जिल्लाको मुख्य बजारहरुमा एक हप्ताको अन्तरमा बजार अनुगमन गरिने सुचना अधिकारी पौडेलको भनाई छ ।

हालसम्म बजार अनुगमन गर्दा अध्याधिक मात्रामा म्याद गुज्रिएको सामान पाईएको उद्योग बाणिज्य संघ सङ्खुवासभाका समहासचिव सरोज बज्राचार्यले जानकारी दिनुभयो । मुख्य गरि म्याद सकिएको खाद्य पदार्थहरुको विक्रि वितरण भईरहेको पाईएको महासचिव बज्राचार्यले बताउनुभयो । बढि जसो चाउचाउ, विष्कुट, बेकरीका सामानहरु, मसला जन्य र पेय पदार्थहरुको म्याद गुज्रिएको सामानहरु पाउने गरिएको महासचिव बज्राचार्यले जानकारी दिनुभयो । यस्ता सामग्रीहरु जफत गरि नष्ट गर्ने गरेको उहाँले बताउनुभयो ।

अखाद्य तथा म्याद गुज्रेको सामान बेच्ने ब्यापारीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहि गरिदै आएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो । सो अनुसार सामान जफत तथा जरिवाना समेत गरिएको उहाँले बताउनुभयो । करदाता सेवा कार्यालयसँगको सहकार्यमा ब्यावसाय दर्ता नगरी तथा आवश्यक प्रकृया पुरा नगरी ब्यावसाय गर्नेहरुलाई समेत कारवाहि गर्दै आएको पौडेलले जानकारी दिनुभयो ।

सङ्खुवासभामा कुनै एक ब्यावसाय दर्ता गरेर उक्त प्यानबाट असम्बन्धित बस्तुहरुको खरिद विक्रि पनि भईरहेको पाईएको छ । जिल्लाका अधिकांश किराना पसलहरुले अन्त शुल्क नतिरी मदिराजन्य सामग्रीहरु विक्रि गर्दै आएको पाईएको करदाता सेवा कार्यालय खाँदबारीका कर अधिकृत सुरज कुमार पौडेलले जानकारी दिनुभयो । त्यस्ता ब्यावसायीहरुलाई पहिलो पटक सचेत गराउने गरेको र दोश्रो पटक त्यस्तो पाए जरिवाना तिराउने गरेको कर अधिकृत पौडेलले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार