खाँदबारीका टाेली अमेरिका प्रस्थान



अमेरिकाको कोलोराडो स्टेटस्थित सुपेरियर सिटीको निमन्त्रणामा संखुवासभाको खाँदबारी नगरपालिकाका नगर प्रमुखसहित ५ जना आज अमेरिका गएका छन् । सोमबार बिहान साढे ३ बजे कतार एयरवेजको विमानमा टोली अमेरिका गएका हुन् ।

भ्रमण टोलीमा नगर प्रमुख महेश थपलिया, उपप्रमुख महेश्वरा बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, प्रशासकीय अधिकृत दिनेस कट्टेल र लेखा अधिकृत रुद्रमणी श्रेष्ठ रहेका छन् । टोलीलाई अमेरिकाको क्यालिफोर्निया स्टेटबाट समेत निमन्त्रणा भएकोले बाटोको म्यादसहित १७ दिनभन्दा बढी समय भ्रमण हुने नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दिनेश कट्टेलले बताए ।

खाँदबारी नगर कार्यपालिकाबाट करिब एक महिनाअघि भ्रमणमा जाने निर्णय गरेको भएपनि पालिकाको स्रोतबाट बजेट खर्च नगरी व्यक्तिगत लगानीमा जान लागेको उनले जानकारी दिए ।

सन् २०२१ को अक्टोबरमा खाँदबारी नगर कार्यपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न दुई पक्षीय सम्झौता गरी तत्काल अमेरिका भ्रमणको निम्तो पठाएको थियो ।

सम्बन्धित समाचार