भोटखोलाका जनप्रतिनिधी र कर्मचारीलाई आधारभूत कम्प्यूटर तालिम



संखुवासभा । जिल्लाको भोटखोला गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई कम्प्यूटर तालिम दिइएको छ ।
गाउँपालिकाभित्रका जनप्रतिनिधी र कर्मचारीहरुलाई आधारभूत कम्प्यूटर तालिमको आयोजना गरिएको भोटखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फूर्पू भोटेले बताए ।

उनको अनुसार, गाउँपालिकाभित्रका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरुको साथै शिक्षा, स्वास्थ्य लगायत सबै शाखाका कर्मचारीहरुलाई भदौ १७ गते देखि निरन्तर रुपमा पालै–पालो कम्प्यूटर तालिम दिइरहेको छ ।

अहिले सबै काम कम्प्यूटरबाट गर्नुपर्ने भएकाले जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि कम्प्यूटर तालिमको आयोजना गरिएको गाउँपालिकाको भनाइ छ ।

जिल्लाको विकट उत्तरीक्षेत्रमा पर्ने भोटखोला गाउँपालिका सडक र संचार लगायतका कारण दुर्गममा छन् । सदरमुकामसँग सिधा यातायातको सुविधा नहुँदा अझैपनि कतिपय सेवासुविधाबाट बञ्चित हुने गरेका छन्

सम्बन्धित समाचार