इलाममा भुटानी शरणार्थी शिविरका गुरुङ हत्या आरोपमा ९ जना पक्राउ



इलाम । इलामको चुलाचुली गाउँपालिकामा दमकस्थित भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज ५ साँझ धारिलो हतियार र ढुङ्गा प्रहार गरी गुरुङको हत्यामा संलग्न रहेको आरोपमा उनीरुलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमणबाट गुरुङ्गको मृत्यु भएको थियो । अपराधिक पृष्टभूमिका गुरुङलले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरु मिलेर कुटपिट गर्दा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।

धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उनीहरुले आफूहरु हत्यामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाभन्दा ३ दिन अगाडि मृतक एल।बि।भन्ने लालबहादुर गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानको क्रममा घटनास्थलमा रगत जस्तो रातो पदार्थ लागेका ढुङगाहरु फेला परेको प्रहरीले जनाएको छ ।

घटनापछि झ्याम्ले भन्ने नरेश कुमार याखाले घरबाट लगेको दापसहितको खुकुरी आफ्नै घर पछाडीको खेतमा फालेको र पछि त्यही फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घट्‍नास्थल नजिकै मृतकले चलाउने गरेको १९ प ३७२५ नम्बरको मोटरसाइकल दुबै टायर काटिएर लडाएर फालेको अवस्था फेला परेको थियो।

सम्बन्धित समाचार