स्की पर्वतारोही हिलारीको शव काठमाडौं पठाइयो



काठमाडौँ । मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी पर्वतारोही हिलारी नेल्सनको शव काठमाडौं पठाइएको छ । केहिबेर अघि सामागाउँबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल शव पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

मनास्लु हिमालको शिखर नजिकै नेल्सनको शव फेला परेको प्रहरीले जनाएको छ । ‘शव सामागाउँ ल्याएर प्रारम्भिक काम सकी केहिब‍ेरअघि काठमाडौं पठाएका छौँ,’ एसपी खनालले भने ।

सोमबार स्की गर्ने क्रममा ४९ वर्षीय नेल्सन मनास्लु हिमालको शिखरबाट चिप्लिएर करिब ५० मिटर तल खसेकी थिइन् । हिउँले ढाकेको अवस्थामा नेल्सनको शव भेटिएको प्रहरीले जनाएको छ । आरोहणका लागि पुगेका गाइडहरूले शवको उद्धार गरेका थिए ।

सम्बन्धित समाचार