खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

शुक्रवार दिउँसो खाँदबारी–१ चाँदनी चोकस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा साइट इन्चार्ज विष्ट करेण्ट लागेर घाइते भएको उनको उपचारका क्रममा संखुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

उक्त भवन तीन करोड ३२ लाख लागतमा निर्माण हुन लागेको हो ।

सम्बन्धित समाचार