संखुवासभाका दुई जना उम्मेदवार जसले आफैले आफैलाई मत हाल्न पाउदैनन्



संखुवासभा । संखुवासभाबाट प्रतिनिधीसभा सदस्यको एक पदका लागि स्वतन्त्र सहित ११ जनाले प्रतिस्पर्धा गर्दैछन् । तिमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भोलामान कार्की र स्वतन्त्र उम्मेदवार तेन्जी भोटिया आफैले आफैलाई मत हाल्न नपाउने भएका छन् ।

स्वतन्त्र उम्मेदवार भोटियाको स्थायी ठेगाना इलामको सूर्योदय नगरपालिका–१ रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कार्कीको ठेगाना विराटनगर महानगरपालिका–११ रहेको छ । उनीहरुको संखुवासभामा मतदाता नामावलीमा नाम नभएका कारणले आफैलाई आफूले मत हाल्न नपाउने मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

संखुवासभामा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा ३ पदका लागि संखुवासभाबाट स्वतन्त्र सहित २९ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

सम्बन्धित समाचार