मंसिर १९ देखि छैटौं पांमा कप हुने



संखुवासभा । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ छैटौं पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । संखुवासभाका खाँदबारी नगरपालिका–४ पाङ्माको भगिवन्त रंगशालामा आयोजना गरिएको हो ।

किराँती समुदायको महान चाड उधौली पर्वको अवसरमा मंसिर १९ देखि १३ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको आयोजक लोहोरुङ क्लबका सचिव छत्रमणि काफ्लेले जानकारी दिए । प्रतियोगिता खुल्ला भएकोले जहाँबाट पनि सहभागि हुन सक्ने सचिव काफ्लेले जानकारी दिए ।

प्रतियोगिताका विजेताले एक लाख ५१ हजार, उपविजेता ८१ हजार र सान्त्वनालाई ३१/३१ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यसैगरि प्रतियोगिताको सर्बोकृष्ट खेलाडी एक जनालाई ५ हजार १ सय, उत्कृष्ट गोल रक्षक एक जनालाई ५ हजार १ सय रुपैयाँ र ट्रफी तथा सर्वाधिक गोलकर्ता एक जनालाई नगद ५ हजार १ सय रुपैया दिइने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार