सङ्खुवासभाको ३ मतदान केन्द्रको मतपेटीका हेलीकप्टर मार्फत ल्याइयो



सङ्खुवासभा । जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा ३ मतदान केन्द्रका मतपेटी आज हेलीकप्टर मार्फत सदरमुकाम खाँदबारी ल्याइएको छ । भोटखोलाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाकमा मतदान केन्द्रको मतपेटीका खाँदबारी आइपुगेको हो ।

आज राती १२ सम्म सम्ममा जिल्लाका सबै मतपेटीका मतगणा स्थल खाँदबारी स्थीत जिल्ला समन्वय समितिको हलमा आइपुग्ने मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए । हिडेर तीन दिनमा मात्र मतपेटीका ल्याउन सक्ने भएकाले हेलीकप्टर मार्फत पटपेटीका ल्याइएको हो ।

भोटखोला ३ वटा मतदान केन्द्र बाहेका र सिलिचोङ गाउँपाकिलाको मतपेटीका आउन बाँकी रहेको छ । जिल्लामा ५६ प्रतिशत खसेको छ । १ लाख १७ हजार ५ सय ४४ मतदाता मध्ये ६५ हजार ८ सय ९१ खसेको थियो ।

सम्बन्धित समाचार