खाँदबारी । सङ्खुवासभाको मतगणना मंगलबार विहानबाट गरिने भएको छ । दुर्गम मतदान केन्द्रबाट मतपेटिका नआईपुगेकोले मंगलबार विहानबाट मात्र मतगणना सुरु गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको दश स्थानीय तहहरु मध्ये भोटखोला गाउँपालिकाको मतपेटिका आउन समय लागेपछि मत गणना ढिलो हुने भएको हो । भोटखोलाको मतपेटिका सोमबार अबेर राती मात्र जिल्ला सदरमुकाम खाँदबारी आईपुग्ने जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।
मंगलबार बिहान सर्वदलीय बैठक बसी मत गणना सुरु गरिने निमित्त जिल्ला निर्वाचन प्रमुख रामेश्वर निरौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया