सङ्खुवासभा प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित



खाँदबारी । सङ्खुवासभा जिल्ला प्रदेश सभा (क) तर्फ नेकपा माओवादी केन्द्रका उमेद्वार राजेन्द्र कार्की निर्वाचित हुनुभएको छ ।

निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका उमेद्वार भविश्वर गुरुङलाई ३४ मतान्तरले हराउँदै कार्की निर्वाचित हुनुभएको हो । कार्कीले १३ हजार ४३३ मत प्राप्त गर्नुभएको छ भने गुरुङले १३ हजार ३९९ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा (क) मा ३१ हजार ५०४ मत खसेको थियो । प्रदेश सभा (क) मा ८ जनाको उमेद्वारी रहेको थियो ।

सम्बन्धित समाचार