राजेन्द्र गौतमद्वारा नव निर्वाचित उमेद्वारहरुलाई बधाई ज्ञापन



खाँदबारी । प्रतिनिधी सभा संखुवासभामा नेपाली कांग्रेसको उमेद्वार दिपक खड्कासँग पराजित हुन पुगेको राजेन्द्र गौतमले निर्वाचित उमेद्वारहरुलाई बधाई ज्ञापन गरेका छन् । जनताबाट प्राप्त मत सर्वस्वीकार्य हुने बताउदै गौतमले विज्ञप्ती मार्फत बधाई दिएका हुन् ।

आफु यस पटकको निर्वाचनमा पराजित भए पनि देश र संखुवासभाली जनताको सेवामा समर्पित हुने बताएका छन् । विज्ञप्ती मार्फत गौतमले निर्वाचनमा खटिएका सवै कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरु प्रति पनि आभार ब्यक्त गरेका छन् ।

सम्बन्धित समाचार