गठबन्धन दलले संखुवासभाको सवै पालिकामा धन्यवाद सभा गर्ने



खाँदबारी । बाम लोकतान्त्रिक गठबन्धन दल संखुवासभाले जिल्लाको सवै स्थानीय तहहरुमा धन्यवाद सभा आयोजना गर्ने भएको छ । प्रदेश सभा (क) र प्रतिनिधि सभाको उमेद्वारहरु निर्वाचित भएसँगै धन्यवाद सभाको कार्यतालिका सार्वजनिक गरिएको हो ।

गठबन्धनले म‌सिर १० गते सभापोखरी र पाँचखपनमा धन्यवाद सभाको आयोजना गर्ने भएको हो । म‌सिर ११ गते चैनपुर, मादी, धर्मदेवीमा कार्यक्रमको आयोजना गर्ने भएको छ ।

मंसिर १६ गते भोटखोला, नुम, सिलीचोङ, र चिचिलामा धन्यवाद सभा आयोजना गर्ने कार्यतालिका तयार गरिएको नेपाली कांग्रेस संखुवासभाका प्रबक्ता दिपेन्द्र बान्तावाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार