संखुवासभा प्रदेश सभा (ख) मा एमालेका लिङ्थेप २४० मतान्तरले विजयी



खाँदबारी । सङ्खुवासभा प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका उमेद्वार विदुर लिङ्थेप निर्वाचित हुनुभएको छ । उहाँको निकट्तम प्रतिद्वन्द्वि नेकपा एकिकृत समाजवादीका उमेद्वार सरिता थापालाई २४० मत अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो ।

लिङ्थेपले १५ हजार ४ सय ८२ मत ल्याउनुहुँदा थापाले १५ हजार २ सय ४२ मत प्राप्त गर्नुभएको थियो । विद्यार्थी राजनितिबाट आउनुभएका लिङ्थेप मादी नगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ । पराजित हुनुभएको थापा पुर्व प्रदेश सांसद हुनुहुन्छ ।

योसँगै सङ्खुवासभामा मत गणना सम्पन्न भएको छ । प्रतिनिधी सभामा गठबन्धन तर्फ नेपाली कांग्रेसका उमेद्वार दिपक खड्का निर्वाचित हुनुभएको छ भने प्रदेश सभा (क) तर्फ नेकपा माओवादीका राजेन्द्र कार्की निर्वाचत हुनुभएको छ ।

समानुपातिक तर्फ नेकपा एमालेले २५ हजार १३८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २२ हजार २६ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ७ हजार ५२ मत प्राप्त गर्दा नेकपा एकिकृत समाजवादीले २ हजार ५४८ मत मात्र प्राप्त गरेको छ ।

सम्बन्धित समाचार