सिलिचाेङ पुगेर सांसद खड्काले भने, ‘मेराे प्रतिबद्धता अक्षरस पुरा गर्छु’



खाँदबारी । बाम लाेकतान्त्रिक गठबन्धनकाे धन्यवाद सभा सङ्खुवासभामा जारी छ । यहिँ क्रममा शुक्रबार भाेटखाेला, मकालु, सिलिचाेङ र चिचिला गाउँपालिकाकाे धन्यवाद सभा नव निर्वाचित सांसद दिपक खड्काले सम्बाेधन गरेका छन् ।

धन्यवाद सभामा सिलिचाेङ पुगेका प्रतिनिधि सभाका सांसद दिपक खड्काले निर्वाचनकाे क्रममा गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताएका छन् । जिल्लाकाे समग्र विकासकाे लागि आफु अग्रपंतिमा रहेकाे बताएका छन् ।

जिल्लाकाे उत्तर दक्षिण काेशी राजमार्ग द्रुत गतिमा अगाडी बढाउने, त्यस अन्तर्गत लेगुवा चतरा सडक खुल्ला गर्ने र जिल्लामा निर्मित विद्युत परियाेजनाबाट जिल्लावासीलाई शेयर सुनिश्चित गर्ने काम पहिलाे प्राथमिकतामा रहेकाे सांसद खड्काले जानकारी दिए ।

त्यस्तै, प्रत्येक स्थानीय तहहरुसँगकाे साझेदारीमा पालिकाहरुसँगकाे आवश्यकता अनुसार आवश्यक बजेटकाे ब्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार