१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ



काठमाडौं । १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका – ९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ ।

उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ बसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

 

 

सम्बन्धित समाचार