खाँदबारी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको ११ औं साधारणसभा धर्मदेवी नगरपालिकाको मुढे बजारमा हुने भएको छ । पत्रकार महासंघ जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार मंसिर २८ र २९ गते साधारणसभा गर्ने भएको हो ।
धर्मदेवि : विकास र पर्यटन, प्रचारप्रसारमा प्रवर्धन भन्ने मुल नाराका साथ सभा गर्न लागिएको महासंघका अध्यक्ष इन्द्र गिरीले बताउनुभयो । धर्मदेवी भौगोलिक तथा पर्यापर्यटनको हिसाबले समेत अघि रहेकाले त्यस क्षेत्रको प्रचारप्रसार गर्ने लक्ष्यका साथ सभाको आयोजना गरिएको हो ।
संखुवासभा शाखाले पहिलो पटक सदरमुकाम बाहिर साधारणसभा गर्न लागेको हो । साधारणसभा आयोजनाको लागि धर्मदेवी नगरपालिकाले सहयोग गर्ने पत्रकार महासंघ संखुवासभाका अध्यक्ष गिरीले जानकारी दिए ।
महासंघकाे साधारणसभामा शङ्खरत्न पत्रकारीता पुरस्कार २०७९ समेत वितरण गरिने छ । त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेकाे शङ्खरत्न पत्रकारीता पुरस्कार यस बर्ष संखुवासभाका अगुवा पत्रकार गंगा विष्टलाई प्रदान गर्न लागिएकाे महासंघका अध्यक्ष गिरीले जानकारी दिए ।
प्रतिक्रिया