४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ आयोजना उत्पादन सुरु



संखुवासभाको पिलुवा खोलामा निर्मित ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ आयोजनाको परिक्षण उत्पादन सुरु गरिएको छ । मेन्छियाम हाइड्रोपावर लिमिटेड लैनचौर काठमान्डौले निर्माण गरेको आयोजनाको परिक्षण उत्पादन सुरु गरेको हो । बुधबार उद्योगपति माननीय विनोद चौधरीले रिवन काटेर आयोजनाको परिक्षण उद्घाटन गर्नुभएको हो ।

चैनपुर नगरपालिका वडा नं. २ को तिखि ढुंगा स्थित पावरहाउस रहेको उक्त आयोजना ७ वर्ष अघि सुरु गरिएको थियो ।

निर्माण कम्पनीका अध्यक्ष तथा संघीय सांसद दिपक खड्काले अब चाँडै स्थानीयका लागि (आइपीओ) खुला गर्ने बताउनु भयो । कार्यक्रममा नेविल बैंक र राष्ट्र बैंकका कार्यकारी निर्देशककोसमेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार