जालपा मावि दिदिङ पुर्व विद्यार्थी मञ्चद्वारा छात्रबृत्ति कोष स्थापना



खाँदबारी । चिचिला गाउँपालिका ३ स्थित जालपा माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको संस्था पुर्व विद्यार्थी मञ्चले छात्रवृत्ति कोष स्थापना गरेको छ । विद्यालयको ४६ औं बार्षिक उत्सवको अवसरमा छात्रबृत्ति कोषको स्थापना गरिएको हो ।

बार्षिक उत्सव कार्यक्रममा मञ्चका अध्यक्ष नवराज लाम्सोङले विद्यालयका प्रधानाध्यापक नुदन राईलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । मञ्चले ५ बर्ष भित्र ५ लाख रुपैयाँ कोषमा जम्मा गर्ने लक्ष्य लिएको अध्यक्ष लाम्सोङले जानकारी दिनुभयो ।

उक्त कोषबाट कत्ति जनालाई र कसरी छात्रबृत्ति दिने भन्ने बारेमा कार्यविधि बन्ने क्रममा रहेको जानकारी दिनुभयो । पुर्व विद्यार्थीहरुबाट संकलित रकमबाट कोषको स्थापना गरिएको अध्यक्ष लाम्सोङले मकालु अनलाईनलाई जानकारी दिनुभयो ।

जालपा माध्यमिक विद्यालयमा अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको अध्यक्ष लाम्सोङले जानकारी दिनुभयो । मञ्चबाट चिल्ड्रेन पार्क, प्रयोगशाला, पुस्तकालय लगायतमा लगानी गरिने उहाँले बताउनुभयो । विद्यालयलाई हालै मात्र १२ हजार पाँच सय रुपैयाँको शैक्षिक सामग्री प्रदान गरिएको समेत लामसोङले जानकारी दिनुभयो ।

जालपा मावि पुर्व विद्यार्थी मञ्चकाे याे अभियानले विद्यालयकाे शिक्षण शिकाई उपलब्धिमा सुधार आउने विद्यालयका प्रधानाध्यपक नुदन राईले विश्वास ब्यक्त गर्नुभयाे । मञ्चकाे रचनात्मक सहयाेगकाे लागि प्रअ राईले धन्यवाद समेत ज्ञापन गर्नुभयाे ।

सम्बन्धित समाचार