चैनपुर । संखुवासभाको चैनपुर आयुर्वेद औषधालयको आफ्नै भवन बन्ने भएको छ । आयुर्वेदिक औषधीको महत्व बढेसँगै सेवाग्राहीमा वृद्धि हुँदै गएपछि भवनको आवश्यकता बढेको हो ।
चैनपुर नगरपालिका स्थित ३ नं. वडा कार्यालयमा बसिरहेको आयुर्वेद औषधालयमा योग हल, पार्किङ तथा कार्यकक्ष समेत सागुरो भइरहेको आयुर्वेद औषधालयका प्रमुख निरीक्षक कविराज दिनेशप्रसाद रायले बताए ।
संखुवासभा बहुमुखी क्याम्पसमा शुक्रबार र आइतबार भएको दुई दिने शिक्षकहरुलाई कक्षागत योग सम्बन्धी एक तालिममा कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङले अव चाडै आयुर्वेद औषधालयको भवन बन्ने बताए ।
उपयुक्त स्थानको पहिचान गरी योगा हल र गाडी पार्कीङ सहितको चैनपुर आयुर्वेद औषधालयको भवन निमार्ण गर्ने नगरप्रमुख तामाङले बताए । “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ सम्पन्न उद्घाटन कार्यक्रममा चैनपुर नगरपालिका भरीका माध्यमिक र आधारभूत गरी २५ विद्यालयका शिक्षकहरु सहभागी रहेको आयुर्वेद औषधालयका प्रमुख रायको भनाइ छ ।
तालिममा आयुर्वेद औषर्धीको प्रयोग, जडीबुटी, योग लगायत आफ्नो स्वास्थ्यको लागि आफुबाटै शुरु गर्नुपर्ने बताउदै विद्यालयको पाठ्यक्रममा समेत समावेश भएको हूँदा नगरको आफ्नो वार्षिक कार्य योजनामा नै राखेर आयुर्वेद तथा योग सम्बन्धी गतिविधिहरु अघिबढाउने कार्यक्रमका अध्यक्ष एवं चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणप्रसाद ढकालले बताए ।
प्रतिक्रिया