भरुवा बन्दुक सहित पाँचखपनबाट एक जना पक्राउ



खाँदबारी । संखुवासभाकाे पाँचखपन नगरपालिका १ मा एक जना भरुवा बन्दुक सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्ष ३८ का टेकबहादुर राई रहेका छन् ।

राईले घरमा अबैध रुपमा भरुवा बन्दुक राखेको सुचनाको आधारमा प्रहरीले खानतलासी गर्दा विष्फोटक पदार्ध सहित एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राईलाई ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय ल्याएको प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका राई माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार